लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा

लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा

बैंक खबर । एभरेष्ट बैंकले असोज ३० गते मंगलबार साधारणसभा डाकेको छ । बैंकले लैनचौर ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे २९ औँ वार्षिक साधारणसभा डाकेको हो । 

साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते सेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । यससँगै असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई सेयर खरिद गरेका सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस