सानिमा बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

सानिमा बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

बैंक खबर । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा डाकेको छ । बैंकले कात्तिक २ गते बिहीबार बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौंमा १९ औँ वार्षिक साधारणसभा डाकेको हो । 

साधारणसभाले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजन सहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यससँगै सेयरधनी दर्ता किताब बन्द हुनुभन्दा अघिल्लो दिनसम्म कारोबार भई सेयर खरिद गरेका सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस