१९ अंकले घट्यो सेयरबजार, २ अर्ब ३२ करोडको कारोबार

१९ अंकले घट्यो सेयरबजार, २ अर्ब ३२ करोडको कारोबार

बैंक खबर । सेयरबजार आइतबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा झरेको छ । कारोबारमा आएका २३१ कम्पनीमध्ये १६६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा नेप्से दबाबमा परेको हो । ६२ वटा कम्पनीका सेयरधनीले कमाएका छन भने ३ वटाको सेयरमूल्य स्थिर रहेको छ । 

२ अर्ब ३२ करोड रुपैयाँको ९० लाख ३ हजार ९ सय ४१ कित्ता सेयर किनबेच भएको छ । लघुवित्त बाहेक सबै उपसमूहमा गिरावट आएको छ । लघुवित्त समूहको उपसूचक ०.९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह १.९८ प्रतिशत र व्यापार समूह १.८१ प्रतिशतले गिरावट देखिएको छ । 

बजार घटेपनि तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

शुभम् पावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख ९८ हजार नौ सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । माछापुच्छ्रे बैंकको आज लाभांश सुर्िरक्षत गर्ने अन्तिम दिन हो ।
 

All financial information at your fingeritps.


शेयर गर्नुहोस