सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

बीमा खबर । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरु र ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इन्स्योरेन्सको आईपीओमा भदौ १५ देखि १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र माग भएजति आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ। आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । 

इन्स्योरेन्सको आईपीओ निष्काशनका लागि इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ । 

इन्स्योरेन्सको आईपीओमा आस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट समेत आवेदन दिन सकिनेछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

All financial information at your fingertips.


शेयर गर्नुहोस