२३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल्स निष्काशन गर्दै राष्ट्र बैंक

२३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल्स निष्काशन गर्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (२०७९ चैत ६ गते सोमबार) २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल्स बिक्री गर्दैछ ।

चैत ८ गतेदेखि जारी हुने ट्रेजरी बिल्समा आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ९ अर्ब रुपैयाँको ट्रेजरी बिल्स बिक्री गर्न लागेको हो । जसमध्ये ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको नयाँ बिल्स हो भने बाँकी सबै पुरानो बिल्सलाई नविकरण गर्न लागेको हो । 

विस्तृतमा हेर्नुहोस् । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस