मौद्रिक नीति : विदेश जाँदा २५ सय डलरसम्म सटही दिने

मौद्रिक नीति : विदेश जाँदा २५ सय डलरसम्म सटही दिने

बैंक खबर । राष्ट्र बैंकले भारत बाहेक अन्य मुलुकमा भ्रमणमा जाने नेपालीलाई दिने डलर सटही सुविधाको सीमा  बढाएको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरेको हो । 

यस्तै हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति÷सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गर्ने भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस