मौद्रिक नीति : घरकर्जाको सीमा बढ्यो, शेयर कर्जाको जोखिम भार घटाउने संकेत

मौद्रिक नीति : घरकर्जाको सीमा बढ्यो, शेयर कर्जाको जोखिम भार घटाउने संकेत

बैंक खबर । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार र शेयरबजार प्रति केही खुकुलो नीति लिने भएको छ । 

आज (आइतबार) सार्वजनिक भएको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँलाई वृद्धि गरी २ करोड रुपैयाँ पुर्याउने घोषणा गरेको छ । 

यस्तै शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस