हाथवे इन्भेष्टमेन्टको आईपीओ खुल्यो, प्रतिकित्ता ५० रुपैयाँमा आवेदन दिन सकिने

हाथवे इन्भेष्टमेन्टको आईपीओ खुल्यो, प्रतिकित्ता ५० रुपैयाँमा आवेदन दिन सकिने

बैंक खबर । हाथ इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँ अंकित दरको आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज (साउन ४ गते)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित दरका २९ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने अनुमति पाएको छ । 

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि एक करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता शेयर निष्कासन गरेका हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस