श्रृजनशील र मनुषी लघुवित्त गाभिने, समझदारी पत्रमा हस्ताक्षर

श्रृजनशील र मनुषी लघुवित्त गाभिने, समझदारी पत्रमा हस्ताक्षर

बैंक खबर । श्रृजनशील लघुवित्त वित्तीय र मानुषी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । दुई लघुवित्तबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

मर्जरपछि संस्थाको नाम मनुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था राखिने समझदारी भएको छ । मर्जर प्रक्रिया पुरा गर्नका लागि दुवै संस्थाबाट ३ ३ जना प्रतिनिधि रहनेगरी संयुक्त मर्जर समिति गठन गरिने समझदारी पनि भएको छ । 

समान चुक्ता पूँजी रहेका दुवै लघुवित्तले सर्वसाधारणमा शेयर पनि जारी गरिसकेका छन् । दुवै लघुवित्त बराबरी हैसियतमा गाभिने सहमति भएको छ ।

श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखामार्फत ४१ हजार ९४८ परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । मनुषी लघुवित्तले पनि ३६ वटा शाखा मार्फत ३४ हजार ३८७ परिवारमा सेवा प्रदान गर्दै आएको छ । 

मनुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ भने श्रृजनशील लघुवित्तको सिरहाको गोलबजारमा रहेको छ । 
 

All banking information at your fingertips


शेयर गर्नुहोस