अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा तल झर्यो

अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा तल झर्यो

बैंक खबर । वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति देखापरेपछि अन्तरबैंक ब्याजदर एक प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुले एकआपसमा लिने कर्जाको ब्याजदर ०.९० प्रतिशतमा झरेको छ । 

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप दैनिक बढिरहदा कर्जा लगानी घट्दै गएको छ । वित्तीय प्रणालीबाट प्रवाह भएको कुल कर्जा ४८ खर्ब ५४ अर्ब रुपैयाँ छ । 

बैंकहरु अहिले कुल ४ खर्ब ७६ अर्ब रुपैयाँ थप लगानी गर्नसक्ने अवस्थामा छन् । किनभने बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.६९ प्रतिशतमा झरेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस