खल्ती र पीसीएसबीच रणनीतिक साझेदारी

खल्ती र पीसीएसबीच रणनीतिक साझेदारी

बैंक खबर । भुक्तानी सेवा प्रदायक खल्ती र प्रोफेसनल कम्प्युटर सिस्टम प्रा.लि. (पीसीएस)बीच रणनीतिक व्यावसायीक साझेदारी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार पीसीएसले कुनै पनि संघसंस्थाको लागि सफ्टवेर विकास गर्दा त्यसको भुक्तानी सेवामा खल्तीलाई सहज प्रवेस दिने छ । सरकारी तथा गैरसरकारी संगठनहरुको सफ्टवेर विकास गर्दा ति संस्थाको स्वीकृति प्राप्त गरी खल्तीलाई भुक्तानी प्रदायकको रुपमा राख्ने छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा खल्तीको बैंक तथा वित्तीय संस्था हेर्ने विभागका प्रविण घिमिरे, कृष्णकुमार केसी र पीसीएसका प्रमुख बजार व्यवस्थापक किर्तनराज दाहाल र गुणस्तर प्रमुख अनुराधा रेग्मीको उपस्थिति थियो ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस