कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित ११ जनाविरुद्ध मुद्दा दर्ता

कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित ११ जनाविरुद्ध मुद्दा दर्ता

बैंक खबर । वान एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार र युट्युबरविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । 

सरकारी वकिल कार्यालय काठमाडौंले केही कलाकार र युट्युबारसहित ११ जना विरुद्ध सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ ३२ गते कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) लगायतलाई पक्राउ गरेको थियो । 

उनीहरुले आफ्नो युट्युब च्यानलमा वान एक्स बेटको विज्ञापन गर्दै आएका थिए । जसको मुख्य अभियुक्र दिनेश खड्का देखिएका छन् । खड्काले विभिन्न व्यक्तिको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंक खाता खोली कारोबार गरेको भेटिएको छ । 

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरित कसुर गरेको, विज्ञापन नियमन गर्ने ऐन, २०७६ अनुसार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस