शोधनान्तर स्थिति २ खर्ब २९ अर्बले बचतमा

शोधनान्तर स्थिति २ खर्ब २९ अर्बले बचतमा

बैंक खबर । जेठ महिनामा शोधनान्तर स्थिति बचत १४ अर्ब ३१ करोड रुपैयाँले बढेको छ । वैशखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रहेको शोधनान्तर स्थिति बचत जेठ मसान्तमा २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता घाटा ५३ करोड ६१ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा चालु खाता घाटा ४ अर्ब ९३ करोड थियो । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस