प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई नियुक्त

बैंक खबर । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त हुने भएका छन् । मर्जरपछि बन्ने कम्पनीको सीईओ नियुक्तीका लागि नेपाल बीमा प्राधिकरणले भट्राईको नाममा स्वीकृति प्रदान गरेको छ । 

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ हुन् । महालक्ष्मी लाइफको स्थापनाकालदेखि नै भट्टराई सीईओ छन् । 

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराईसँग बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा काम गरेको ४२ वर्ष लामो अनुभव छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस