राष्ट्रिय वाणिज्य बैंकको ६५औँ एक्सटेन्सन काउन्टर कपिलवस्तुमा 

राष्ट्रिय वाणिज्य बैंकको ६५औँ एक्सटेन्सन काउन्टर कपिलवस्तुमा 

बैंक खबर । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडले ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको शुभारम्भ गरिएको जनाएको छ । 

एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुलेसमेत बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ । 

सो अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने  मोवाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

All financial information at your fingertips.


शेयर गर्नुहोस