वित्तीय प्रणालीमा अधिक तरलता भएपछि फेरि २० अर्बको रिभर्स रिपो जारी

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि फेरि २० अर्बको रिभर्स रिपो जारी

बैंक खबर । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज (मंगलबार) बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले रिभर्स रिपो जारी गरेर सो रकम तान्न लागेको हो ।

केन्द्रिय बैंकले एक साता अघि मात्रै ३० अर्बको रिभर्स रिपो जारी गरेको थियो । त्यतिबेला बैंकहरुले राष्ट्र बैंकलाई करिब २४ अर्ब रुपैयाँ दिएका थिए । त्यतिबेलाको रिभर्स रिपो परिपक्व भएपछि बजारमा फर्किएको छ । सो रकम फर्किएलगत्तै बैंकहरुको अन्तरबैंक ब्याजदर साढे तीन प्रतिशतभन्दा तल झरेको छ । 

अन्तरबैंक ब्याजदर ३.४२ प्रतिशतमा झरेपछि बजारमा तरलता सन्तुलनमा राख्न भन्दै राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्न लागेको हो । 

एक महिनायता बैंकहरुको निक्षेप बढीरहेको छ । गत आइतबारसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । कुल कर्जा लगानी ४८ खर्ब ६२ अर्ब रुपैयाँ छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.४७ प्रतिशतमा झरेको छ । यो आधारमा अहिले बैंकहरुसँग करिब ३ खर्ब ६६ अर्ब रुपैयाँ थप लगानी गर्न सक्ने क्षमता छ । 

केन्द्रिय बैंकले १० दिनको लागि उक्त रकम बैंकिङ प्रणालीबाट तान्न लागेको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस