कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

बैंक खबर । कामना विकास बैंकले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बैंकको ज्योतिनगर शाखाले भरतपुर महानगरपालिका–२६ स्थित राष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।

पोशाक वितरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक ढुण्डराज पौडेलले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङले बैंकको यस कार्यले विद्यार्थीलाई राहत हुनुका साथै पठनपाठनमा थप मद्दत मिल्ने बताए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, अभिभावक तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।


 

All financial information at your fingertips.


शेयर गर्नुहोस