बैंकहरुमा पैसा थुप्रिएपछि एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकहरुमा पैसा थुप्रिएपछि एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकको खबर । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेर सो रकम प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले १३ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

राष्ट्र बैंकमा निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

साँवा र ब्याज भुक्तानी कात्तिक १४ गते हुनेछ । यसको ब्याजदर बोलकबोल बाट निर्धारण हुनेछ । 

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकमसम्म पैसा राख्न बोलकबोल गर्न सक्छन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस