राष्ट्रिय वाणिज्य बैंकको ६४औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

राष्ट्रिय वाणिज्य बैंकको ६४औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

बैंक खबर । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका हुन् । शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद÷चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ । 

कार्यक्रममा प्रहरी महानिरीक्षक कँुवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरेका छन् । उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ, बैकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धक लगायत बरिष्ठ प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकले हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर काउन्टर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङका सेवा उपलब्ध गराउँदै आएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस