‘आइएमई पे’बाट टिभी इन्टरनेटको बिल भुक्तानी गर्दा छुट अफर

‘आइएमई पे’बाट टिभी इन्टरनेटको बिल भुक्तानी गर्दा छुट अफर

बैंक खबर । ‘आइएमई पे’ले ‘टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर’ सार्वजनिक गरेको छ । यो अफरमा ग्राहकले आइएमई पेबाट टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडको प्रयोग गर्दा १५० रुपैयाँ नबढ्नेगरी १० प्रतिशत छुट पाउने छन् । अर्थात, बिल भुक्तानी गर्दा बिलको १० प्रतिशत वा १५० रुपैयाँमा जुन कम हुन्छ सोही बराबरको छुट पाउने बताइएको छ । 

एक अफर अवधिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । सोमवारदेखि शुरू भएको यो अफर शनिवारसम्म चल्ने छ । कम्पनीले यो अफरलाई असार महीनामा मनसुनलाई लक्षित गर्दै शुरू गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको निरन्तरता भनेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस