राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई एनएमबि बैंकले सम्मान गर्ने

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई एनएमबि बैंकले सम्मान गर्ने

बैंक खबर । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान स्वरूप नगद पुरस्कार दिने भएको छ । बैंकले १६ खेलाडीलाई जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले राष्ट्रका गौरव खेलाडीको मनोबल उच्च कायम राख्न सके खेल क्षेत्रको प्रगति हुने मान्यताका साथ नगद सम्मान गर्न लागिएको बताए । 

२०१९ देखि शुरू भएको विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ ओटा म्याचमा जित हात पारेको नेपाल आज (चैत २ गते बिहीवार) हुने अन्तिम खेलमा यूएआइसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल जित हात पारेमा नेपाल ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । 

यसपछि नेपालले पहिलोपटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल््ने मौका पाउनेछ ।
 

All banking information at your fingertips


शेयर गर्नुहोस