एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच सम्झौता

बैंक खबर ।  एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच आईपीओ निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार एनआईसी एशिया क्यापिटलले अगम फूड इण्डष्ट्रिले भविश्यमा आइपीओ जारी गर्ने सम्बन्धमा सघाउने छ । यस सम्बन्धमा जेठ ३० गते दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।

काठमाडौंको लाजिम्पाटमा कार्पोरेट कार्यालय रहेको अगम फूड इण्डष्ट्रिलाई क्यापिटलले संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा, प्राइभेट रिप्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने र पब्लिक कम्पनीमा परिणत गराउने छ । 

एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अगम फूड इण्डष्ट्रि प्रा.लि. नेपालको सबैभन्दा ठुलो स्टीम राइस मिल उद्योग मध्येको एक हो । सन् २००५ देखि चितवनको भरतपुर वडा नं. १३मा सञ्चालनमा रहेको उद्योगले नियमित रुपमा आफ्ना उत्पादन देशको विभिन्न भु–भागमा बिक्री वितरण गर्दै आइरहेको छ । 

स्वदेशी किसानबाट धान खरिद गरी चामल उत्पादन गरी बिक्री वितरण गरिरहेको अगम फूड उद्योगले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्तालाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथै सुपथ मुल्यमा चामल लगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस