मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेर्फस बर्गर’मा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेर्फस बर्गर’मा छुट

बैंक खबर । मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ‘सेर्फस बर्गर प्रालि’को सेवामा छुट पाउने भएका छन् । 

बैंक र सेर्फसबीच भएको सम्झौतापछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सेर्फस बर्गरका विभिन्न शाखाका फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् । 

यस्तै, डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने बताइएको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ,  रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ जस्ता सेवा घरबाटै लिन सकिने बैंकले जनाएको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस