११ हजार ५६९ पुग्यो बैंक तथा वित्तीय संस्थाको शाखा संख्या

११ हजार ५६९ पुग्यो बैंक तथा वित्तीय संस्थाको शाखा संख्या

बैंक खबर । २०७९ असार मसान्तमा ११,५२८ रहेको बैंक तथा वित्तीय संस्थाको संख्या २०८० वैशाख मसान्तमा ११,५६९ पुगेको छ । यसमध्ये, वाणिज्य बैंकका शाखा संख्या ५००३ छ । नेपाल राष्ट्र बैंकका अनुसार ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा शाखा विस्तार गरेका वाणिज्य बैंकहरुको कुल शाखा संख्या २०८० वैशाख मसान्तमा ५००३ पुगेको छ । यो संख्या २०७९ असार मसान्तमा भन्दा ६ वटाले कम हो । गत असारमा वाणिज्य बैंकहरुको शाखा संख्या ५००९ थियो । मर्जर तथा प्राप्तीका कारण शाखा संख्या घटेको बैंकहरुले बताएका छन् । 

राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्म  विकास बैंकहरुको शाखा संख्या ११३० पुगको छ । यस्तै, फाइनान्स कम्पनीको शाखा संख्या २८३ र लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ५१५३ पुगेको छ । 

२०८० वैशाख मसान्तसम्म राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११९ रहेको छ । यसमध्ये वाणिज्य बैंक २१ वटा, विकास बैंक् १७ वटा, फाइनान्स कम्पनी १७ वटा, लघुवित्त वित्तीय संस्था ६३ वटा र पूर्वाधार विकास बैंक एक वटा सञ्चालनमा रहेका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस