१० महिनामा ३४ खर्ब ४१ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

१० महिनामा ३४ खर्ब ४१ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

बैंक खबर । चालु आर्थिक वर्ष २०७९/८० को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३४ खर्ब ४१ अर्ब ९७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले ३१ खर्ब ५० अर्ब ९५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ अन्तर–बैंक कारोबार गरेका छन् । 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको अन्तर–बैंक कारोबार २४ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ८५ अर्ब ९ करोड रुपैयाँ गरी कुल २७ खर्ब ३९ अर्ब ८७ करोड रुपैयाँ भएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार अहिले अन्तरबैंक ब्याजदर ६.५२ प्रतिशत रहेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस