यस्तो छ पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जाको स्थिति

यस्तो छ पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जाको स्थिति

बैंक खबर । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० वैशाख मसान्तमा ३ अर्ब ५६ करोड रुपैयाँमा लगानीमा रहेको जनाएको छ । 

यस्तै, २०८० वैशाख मसान्तमा १ लाख ४६ हजार ८ सय ६६ ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब २५ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ७ सय १३ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ८८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ३ सय ५८ महिला उद्यमीलाई प्रवाह भएको ६१ अर्ब ३१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ९५ ऋणीको ३ अर्ब ७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । 

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० वैशाख मसान्तमा ७४ करोड ८५ लाख रुपैयाँ बक्यौता रहेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस