फेरी साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

फेरी साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैंक खबर । सरकारले फेरी २८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरी सो रकम जोहो गर्न लागेको हो । 

ट्रेजरी बिलमा जेठ २९ गते (सोमबार) दिउँसो तीन बजेसम्म बोलकबोल हुने र जेठ ३० गते मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको आठ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँको ट्रेजी बिल बिक्री गर्न लागेको हो । 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले ट्रेजरी बिल खरिद गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस