लघुवित्तमा आवद्ध सदस्य संख्या ५९ लाख ८८ हजार पुग्यो, कुल ऋणी ३२ लाख ६० हजार

बैंक खबर । लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीको संख्या ३२ लाख ६० हजार १०८ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार लघुवित्तका ऋणीको संख्या ३२ लाख ६० हजार भन्दा धेरै रहेको छ । यो तथ्याङ्क गएको आर्थिक वर्षको पुसमा भन्दा १.३० प्रतिशतले कम हो । गतवर्षको पुसमा लघुवित्तका ऋणीको संख्या ३१ लाख ७१ हजार भन्दा धेरै थियो । 

ऋणीको संख्या घटेपनि लघुवित्तका सदस्यहरुको संख्या भने बढेको छ । एक वर्षमा लघुवित्तका सदस्यहरुको संख्या २.१९ प्रतिशतले बढेर ५९ लाख ८८ हजार १४२ पुगेको छ । यसमध्ये पुरुषको संख्या १ लखा ८० हजार ६२० र महिला ५८ लाख ७ हजार ५२२ छन् । 

लघुवित्तले कुल १३ लाख ८१ हजार २९९ वटा समूह संख्या मार्फत लघुवित्त सेवा दिँदै आएका छन् । 

देशभर रहेका ६४ लघुवित्तका ५ हजार ७९ शाखामा २३ हजार ३३३ कर्मचारी कार्यरत छन् । 

शेयर गर्नुहोस