आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा १०० रुपैयाँ बोनस पाइने

आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा १०० रुपैयाँ बोनस पाइने

बैंक खबर । आइएमई पेले अन्तर्राष्ट्रिय साझेदारहरुबाट रेमिट्यान्स प्राप्त गर्दा ग्राहकलाई एक सय रुपैयाँ  बोनस दिने भएको छ । आइएमई पेले आइएमई रेमिटसँगको सहकार्यमा आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गरेको छ । जस अनुसार विभिन्न साझेदारहरुबाट पठाइएको रेमिट्यान्स दाबी गर्दा ग्राहकले एक सय रुपैयाँ नगद बोनस पाउने भएका हुन् । 

यसअघि आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आएको थियो । अहिले यो रकम बढाएर एक सय रुपैयाँ पुर्याइएको आइएमई पेले जनाएको छ । 

अमेरिका, युरोप, क्यानडा, मलेसिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वाका जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनीग्राम, अल अन्सारी, इन्स्टयान्ट क्यास, वल्र्डवाइड क्यास एक्सप्रेस र इजी रेमिटबाट पठाइएको रेमिटेन्सको रकम आइएमई पेमा प्राप्त गर्दा एक सय रुपैयाँ नगद दिने निर्णय आइएमई पेले गरेको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस