विदेश भ्रमण र अध्ययनका लागि साढे ९१ अर्ब बाहिरियो

विदेश भ्रमण र अध्ययनका लागि साढे ९१ अर्ब बाहिरियो

बैंक खबर । चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट विदेश भ्रमण र अध्ययनका लागि ९१ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा  सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.८ प्रतिशतले वृद्धि भई ९१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ६७ अर्ब १९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ४३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

यस्तै चैत मसान्तसम्म भ्रमण आय ९४.३ प्रतिशतले वृद्धि भई ४४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा खुद सेवा आय ५६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७९ अर्ब २८ करोडले घाटामा रहेको थियो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस