शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

बैंक खबर । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत आर्थिक वर्षको चैतमा २ खर्ब ६८ अर्ब २६ करोडले बचतमा रहेको शोधनान्तर स्थितिमा अहिले सुधार देखिएको हो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

गतवर्ष उच्च आयातका कारण देशको शोधनान्तर स्थिति दबामा थियो । गतवर्षको वैशाखमा सरकारले केही विलाशी वस्तको आयातमा प्रतिवन्ध लगाएपछि आयात कम घट्दै गयो र शोधनान्तर खातामा सुधार देखिना थाल्यो । चालु आर्थिक वर्षको पहिलो तीन महिना पछि नै शोधनान्तरमा सुधार देखिन थालेको थियो । 

राष्ट्र बैंककाअनुसार चालु खाता अझैपनि घाटामा रहेको छ । चैतमसान्तसम्म चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस