बढ्यो रेमिट्यान्स आप्रवाह, चैतमा मात्रै १ खर्ब ८ अर्ब बराबरको विदेशी मुद्रा भित्रियो 

बढ्यो रेमिट्यान्स आप्रवाह, चैतमा मात्रै १ खर्ब ८ अर्ब बराबरको विदेशी मुद्रा भित्रियो 

बैंक खबर । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क अनुसार यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६ अर्ब ९२ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा भन्दा १३ दशमलव ९ प्रतिशतले बढी हो । 

चैतमा मात्रै एक खर्ब ८ अर्ब ७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा चैतमा ८३ करोड रेमिट्यान्स भित्रिएको छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस