बोनस शेयरमा लाग्ने कर बुझाउन गुराँस लाइफको अनुरोध

बोनस शेयरमा लाग्ने कर बुझाउन गुराँस लाइफको अनुरोध

बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीको वैशाख ६ गते सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित १३.२७१२७७२ प्रतिशत बोनस पारित गरेको थियो । सोही बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई अनुरोध गरेको हो ।

शेयरधनीले बोनस शेयरको कर बापतको रकम कम्पनीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर २३९०१०१०००६४८४ मा जम्मा गर्न सक्ने इन्स्योरेन्सले जनाएको छ । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर र सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ । 

कर बुझाएका शेयरधनीको बोनस शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता भई नेप्सेमा सूचीकरण भएपछि हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस