अजोड इन्स्योरेन्सको १९ प्रतिशत संस्थापक शेयर साधारणमा परिवर्तन हुँदै

अजोड इन्स्योरेन्सको १९ प्रतिशत संस्थापक शेयर साधारणमा परिवर्तन हुँदै

बीमा खबर । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारणमा परिर्वतन हुने भएको छ । कम्पनीको सञ्चालक समितिले संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न गरेको प्रस्ताव गएको मंसिर ९ गते सम्पन्न विशेष साधारणसभाले पारित गरिसकेको र नेपाल बीमा प्राधिकरणले पनि सैद्धान्तिक सहमति दिइसकेकाले सो संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन हुने भएको हो । 

यससँगै यसअघि ७०ः३०को अनुपातमा रहेको शेयर स्वामित्व संरचना ५१ः१९ प्रतिशतको अनुपातमा कायम हुनेछ । 
इन्स्योरेन्सले कोही संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस