नेशनल लाइफको ‘क्रुज डिनर एट नारायणी रिभर’ कार्यक्रम सम्पन्न

नेशनल लाइफको ‘क्रुज डिनर एट नारायणी रिभर’ कार्यक्रम सम्पन्न

बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो अभिकर्ताहरुका लागि ‘‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’’ सम्पन्न गरेको छ । २ रात ३ दिनको यस कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जना वरिष्ठ अभिकर्ताहरु सहभागी भएका थिए ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा सञ्चालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरुको सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो । सो अवसरमा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक मनोज भट्टराईबाट उत्तप्रेरणा तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएकोे थियो ।

All finanical information at your fingertips.


शेयर गर्नुहोस