लाभांश प्रस्ताव पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो साधारणसभा

२०८१ पुस ४ गते बिहीबार । 

बैंकको खबर । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते १७औँ वार्षिक साधारणसभा डाकेको छ।

फाइनान्सले सो दिन काठमाडौंको नयाँबानेस्वर थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहति) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगै मर्जर अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियरी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वासाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस ११ गते बुकक्लोज गर्ने भएको छ। पुस १० गते क्रिस्मस डे परेको र सो दिन सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागि हुन पाउनेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस