अझै एक स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी

अझै एक स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी

बैंक खबर । कुल ७५३ स्थानीय तहमध्ये २०७९ फागुनसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ फागुन मसान्तमा १२० रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा २०७९ फागुन मसान्तमा ११ हजार ६२९ पुगेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस