एनएमबि बैंकको सातै प्रदेशमा हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको सातै प्रदेशमा हेरिटेज वाक कार्यक्रम सम्पन्न

बैंक खबर । एनएमबि बैंकले दशौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संघीय राजधानी काठमाडौं सहित सातवटै प्रदेशमा कार्यक्रम गरेको जनाएको छ । 

काठमाडौंमा बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयदेखि पाटन दरबार स्क्वायरसम्म हेरिटेज वाक आयोजना गरेको हो । 

बैंकले सांस्कृतिक सम्पदाको सम्मान गर्दै आगामी पुस्ताका लागि संरक्षण गर्न सबै मिलेर काम गर्नुपर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पनि उपरिस्थित रहेको थियो । 

बैंकले कोशी प्रदेशको बराहक्षेत्र मन्दिर, मधेस प्रदेशको दुर्गा मन्दिर, गण्डकीको केधारेश्वर मन्दिर, लुम्बिनी प्रदेशको कालिका मन्दिर, कर्णाली प्रदेशको काक्रेबिहार मन्दिर, र सुदूरपश्चिम प्रदेशको शिवपुरी धाम मन्दिर र सिद्धनाथ मन्दिर क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको छ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस