सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड

बैंकको खबर । नेपाली बजारमा आज (२०८१ कात्तिक ६ गते मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

 

आज चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर  प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 


शेयर गर्नुहोस