कर्जाको औसत ब्याजदर साढे नौ प्रतिशतमा झर्यो

कर्जाको औसत ब्याजदर साढे नौ प्रतिशतमा झर्यो

बैंकको खबर । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर साढे नौ प्रतिशतमा झरेको छ । गत आसारदेखि घट्दो क्रममा रहेको कर्जाको ब्याजदर भदौ मसान्तसम्म आइपुग्दा भारित औसत ब्याजदर ९.५२ प्रतिशतमा झरेको छ । 

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उच्च दरमा बढेको तर कर्जा विस्तार सुस्त हुँदा बैंकहरुले ब्याजदर लगातार घटाउँदै लगेका छन् । बैंकहरुको औसत आधार दर नै आठ प्रतिशतमा झरेको छ । कर्जाको माग हुनै छाडेपछि बैंकहरुले अहिले प्रिमियम पनि घटाएर ब्याजदर निर्धारण गर्न थालेका छन् । तरलता न्यून हुँदा पाँच प्रतिशतसम्म प्रिमियम जोडने गरेका बैंकहरुले अहिले साढे एक प्रतिशत हाराहारी प्रिमियम थपेर कर्जा दिइरहेका  छन् । यहीकारण कर्जाको ब्याजदर सस्तो बन्दै गएको हो । 

२०८० भदौमा कर्जाको औसत ब्याजदर १२ प्रतिशतभन्दा माथि थियो । तर त्यसयता तरलता बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । कर्जाको ब्याजदर पनि निरन्तर घटाइरहेका छन् । अहिले बैंकहरुको मुद्दती निक्षेपको औसत ब्याजदर ७.७१ प्रतिशत छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस