फेरि बढ्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको भाउमा गिरावट

फेरि बढ्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको भाउमा गिरावट

बैंकको खबर । नेपाली बजारमा अमेरिकी डलरको भाउले फेरि उचाई कायम गरेको छ । आज (२०८१ कात्तिक ६ गते मंगलबार) नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो सोमबार एक डलरको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो ।

युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्यमा भने हिजोको तुलनामा गिरावट आएको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा तोकेको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

२०८१ कात्तिक ६ गते मंगलबारको विदेशी मुद्रा विनिमय दर

 

All banking information at your fingertips.


शेयर गर्नुहोस