सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

बैंकको खबर । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१को नाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १४.५० प्रतिशत लाभांश घोषणा गरेको हो । 

सञ्चालक समितिले १३.७७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी दशौँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस