दुई महिनामा वाणिज्य बैंकहरुले कमाए १७ अर्ब ६९ करोड नाफा, हेर्नुहोस कसको कति ?

दुई महिनामा वाणिज्य बैंकहरुले कमाए १७ अर्ब ६९ करोड नाफा, हेर्नुहोस कसको कति ?

बैंकको खबर । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यस आर्थिक वर्षमा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ । 

नेपाल एसबीआई बैंकको नाफा सर्वाधिक बढेको छ भने एनआइसी एसियाको नाफा सबैभन्दा धेरै घटेको छ । 

सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । दुई महिनामा नबिलले एक अर्ब ६६ करोड रुपैयाँ कमाएको छ । ग्लोबल आइएमई बैंक धेरै नाफा कमाउनेहरुको सूचीमा दोस्रो स्थानमा छ । ग्लोबलले एक अर्ब ५६ करोड रुपैयाँ कमाएको छ । 

सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक छ । माछापुच्छ्रेले ३९ करोड २४ लाख रुपैयाँ मात्रै कमाएको छ । 
 

वाणिज्य बैंकहरुको नाफा

     बैंक

  २०८१ भदौ  

  २०८० भदौ  

  फरक (प्रतिशत)  

   नबिल बैंक

  १,६६०.८९

  १,५६४.५५

  ६.१६

   ग्लोबल आइएमई बैंक

  १५६६.११

  १,७५५.८०

  –१०.८०

   नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

  १,४१२.८९

  १,४८६.५७

  –४.९६

   हिमालयन बैंक

  १,१६८.१७

  १,२३२.४८

  –५.२२

   कुमारी बैंक

  १,०८५.०८

  १,१४५.३२

  –५.२६

   प्राइम कमर्सियल बैंक

  ९७४.६९

  ८३६.५५

  १६.५१

   प्रभु बैंक

  ९३१.२५

  ६६४.१७

  ३७.५

   कृषि विकास बैंक

  ८८७.०८

  ६१५.६३

  ४४.०९

   राष्ट्रिय वाणिज्य बैंक

  ८८०.३

  ८७०.५१

  १.१२

   लक्ष्मी सनराईज बैंक

  ८६४.६

  ८१४.०९

  ६.२

   एभरेष्ट बैंक

  ८२५.५४

  ७१२.५९

  १५.८५

   एनएमबि बैंक

  ७८०.२१

  ७६७.०३

  १.७२

   सानिमा बैंक

  ६८९.२८

  ५१२.०९

  ३४.६

   नेपाल बैंक

  ६७८.२१

  ७०७.१४

  –४.०९

   स्टान्डर्ड चार्टर्ड बैंक

  ६०६.२९

  ४८४.५२

  २५.१३

   सिद्धार्थ बैंक

  ६०५.६७

  ५८६.५८

  ३.२५

   सिटिजन्स बैंक इन्टरनेसनल   

  ५८९.८६

  ४४३.१७

  ३३.१

   एनआईसी एशिया बैंक

  ५७७.५८

  ८००.१७

  –२७.८५

   नेपाल एसबीआई बैंक

  ५३३.९३

  २७२.९७

  ९५.६

   माछापुच्छ्रे बैंक

  ३९२.४७

  ३७६.३८

  ४.२७

   कुल

  १७,६९२.१०

  १६,६४८.६९

  ६.२७

All banking information at your fingertips.


शेयर गर्नुहोस