सेयरबजारमा गिरावट, के विकसित राजनीतिक घटनाक्रमको असर परेको हो ?

सेयरबजारमा गिरावट, के  विकसित राजनीतिक घटनाक्रमको असर परेको हो ?

बैंकको खबर । आज (कात्तिक ४ गते आइतबार) सेयरबजारमा गिरावट देखियो । नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा कायम भएको छ । कतिपयले आजको गिरावटलाई विकसित पछिल्लो राजनीतिक घट्नाक्रमलाई पनि जोडेर हेरेको पाइएको छ । रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरण र जानीतिक समिकरण फेरिनसक्ने सभवनासँग जोडेर लगानीकर्ताले हेरेको पाइन्छ । यस्ता हल्लाले पनि बजारलाई अल्पकालिन प्रभाव पार्नसक्ने विश्लेषकहरुको तर्क छ । 

यद्यपी आज नेप्सेमा गिरावट भएपनि आकर्षक कारोबार भएको छ । आठ अर्ब १८ करोड दुई लाख ६२ हजार रुपैयाँ बराबरको दुई करोड आठ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २२४ कम्पनीमध्ये २२६ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । तरपनि १८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । 

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । बजार बन्द हुँदा यो कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेर बन्द भएको छ । ङादी ग्रुप पावरको सेयरमूल्य पनि ९.८९ प्रतिशत बढेर बन्द भएको छ । इस्टर्न हाइड्रोपावरको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको ४५ करोड रुपैयाँ बराबरको भएको छ । 

आज लगानीकर्ताको सम्पत्ति ७६ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ४२ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण पनि २७ अर्ब रुपैयाँ घटेर १५ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ ।

म्युचुअल फण्ड बाहेक सबै समूहका सूचकमा गिरावट आएको छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस