समता घरेलु लघुवित्तको एफपीओ कात्तिक १२ गतेदेखि निष्काशन हुने

समता घरेलु लघुवित्तको एफपीओ कात्तिक १२ गतेदेखि निष्काशन हुने

बैंकको खबर । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सो सेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग भएजति आवेदन नपरेमा कात्तिक २६ गतेसम्म निष्काशन अवधि लम्बिनेछ । 

सर्वसाधारण लगानीकर्ताले लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 


एफपीओ निष्काशनका लागि इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

एफपीओमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ एपबाट समेत आवेदन दिन सक्नेछन्।

All banking information at your fingertips.


शेयर गर्नुहोस