ज्योति विकास बैंकका ग्राहकलाई पोखराको कुटी रिसोर्टमा २० प्रतिशतसम्म छुट

ज्योति विकास बैंकका ग्राहकलाई पोखराको कुटी रिसोर्टमा २० प्रतिशतसम्म छुट

बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत, र रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षसम्म सो छुटको लाभ उठाउन पाउनेछन् । कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्रीस्टार स्तरको रिसोर्ट हो।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस