नेप्से ४३ अंकले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार

नेप्से ४३ अंकले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार

बैंकको खबर । बुधबार सेयरबजार परिसूचक नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा कायम भएको छ । पाँच अर्ब ६६ करोड दुई लाख ३७ हजार रुपैयाँ बढीको एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २०६ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । यद्यपी ३५ कम्पनीका सेयरधनीले गुमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

बजार पुँजीकरण ४३ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको सेयरको बजार पुँजीकरण १५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।

All banking information at your fingertips.

 

 

२०८१ असोज ३० गते बुधबार ।


शेयर गर्नुहोस