लिवर्टी इनर्जीले धितोपत्र बोर्डबाट पायो हकप्रद बिक्री गर्ने अनुमति

लिवर्टी इनर्जीले धितोपत्र बोर्डबाट पायो हकप्रद बिक्री गर्ने अनुमति

बैंकको खबर । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । लिवर्टी इनर्जीले बोर्डबाट ५० प्रतिशत (७५ लाख कित्ता) हकप्रदा सेयर निष्काशन गर्न निवेदन दिएको थियो । 

हाल लिवर्टी इनर्जीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ छ । हकप्रद निष्कासन पछि यस कम्पनीको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

२०८१ असोज २९ गते मंगलबार


शेयर गर्नुहोस