एनएमबि बैंकको ऋणपत्र निष्काशन, ब्याजदर १०.७५ प्रतिशत

एनएमबि बैंकको ऋणपत्र निष्काशन, ब्याजदर १०.७५ प्रतिशत

बैंक खबर । आज (चैत २१ गते)देखि एनएमबि बैंकले ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको छ । बैंकले १०.७५ प्रतिशत ब्याजदको १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गरेको हो । 

बैंकले एक हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । जसमध्ये ४५ हजार कित्ता बाँडफाँट भइसकेको बैंकले जनाएको छ । 

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस