राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ८७ करोड निक्षेप राख्ने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ८७ करोड निक्षेप राख्ने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेकोे पैसा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६९ करोड ६० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १३ करोड ५ लाख रुपैयाँ र राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुमा ४ करोड ३५ लाख रुपैयाँ निक्षेप लगानी गर्न लागिएको जनाएको छ ।

यो पैसा २०८१ कात्तिक ४ गते देखि २०८२ वैशाख ६ गतेसम्म १८१ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम र सोको ब्याज खुलाई असोज २० गते दिउँसो ३ बजे भित्र प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप लिनका लागि राष्ट्र बैंकले तोकेको विभिनन सर्तहरु भने पुरा गरेको हुनुपर्नेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस